News पूरुषतर्फ ह्वाकु र महिलातर्फ छातेढुंगा च्याप्पियन
गोलनेपाल

फुङसिङ । यहाँस्थित आठराई गाउँपालिका–६ चुहानडाँडा, फुङसिङमा फागुपूर्णे मेलाको अवसरमा आयोजित वडा स्तरीय पूरुष तथा महिला फुटवल प्रतियोगिताको उपाधि पूरुषतर्फ आठराई–३ ह्वाकु र महिलातर्फ आठराई–५ तातेढुंगाले जितेका छन् ।

शनिबार भएको प्रतियोगिताको पूरुषतर्फको फाइनल खेलमा आयोजक, आठराई–६ चुहानडाँडा ‘ए’ लाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजीत गर्दै ह्वाकुले उपाधि उचालेको हो । जीतसँगै ह्वाकुले नगद ५० हजार रुपैंयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । उपविजेतामा सिमिति हुन पुगेको आयोजक ‘ए’ ले नगद ३० हजार रुपैंयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।

प्रतियोगितामा पूरुषतर्फ ह्वाकुका सुशिल गुरुङ वेष्ट गोलकिपर घोषित भए । उनले नगद दुई हजार रुपैंयाँ र ट्रफि प्राप्त गरे । त्यस्तै वेष्ट प्लेयर आयोजकका सुदिप लिम्बू, वेष्ट डिफेन्डर वीरेन्द्र तामाङ र हाई स्कोरर ह्वाकुका ताराहाङ इङनाम बने । उनीहरुले जनही एक हजार रुपैंयाँ र ट्रफि प्राप्त गरे ।

त्यस्तै शनिबार नै सम्पन्न महिला तर्फको फाइनल खेलमा आठराई–५ छातेढुंगाले आयोजक, आठराई–६ चुहानडाँडालाई २–० गोलअन्तरले पराजीत गर्दै उपाधिमाथि कब्जा जमाएको हो । जीतसँगै छातेढुंगाले नगद २० हजार रुपैंयाँ, ट्रफि, मेडल र प्रमाणपत्र त्यस्तै उपविजेता बनेको आयोजकले नगद १० हजार रुपैंयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । महिलातर्फ आयोजककी सिर्जना लिम्बू वेष्ट गोलकिपर घोषित भइन् । उनले नगद दुई हजार रुपैंयाँ प्राप्त गरिन् ।

फागुपूर्णे मेलाको अवसरमा फागुन २७ गतेदेखि सुरु भएको प्रतियोगितामा पूरुषतर्फ ११ टिम र महिलातर्फ तीन टिमको सहभागिता रहेको फुङसिङ खेलकुद सञ्चालक समितिका खेल संयोजक दिपक कन्दङवाले बताए । प्रतियोगितामा विजयी खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि, आठराई गाउँपालिकाका प्रवक्ता तथा वडा नं.६ का वडा अध्यक्ष कृष्ण बाँस्कोटा लगायतले पुरस्कार वितरण गरेका थिए ।

Post Comments