News आयोजक इनरुवा फाइनलमा प्रवेश
गोलनेपाल

इनरुवा । आयोजक इनरुवा फुटबल क्लब जारी इनरुवा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको पहिलो सेमिफाइनलतर्फ इनरुवाले विभागीय टोली एपिएफ पकलीलाई सडन डेथमा हराउँदै उपाधि नजिक पुगेको हो । इनरुवा रंगशालामा भएको निर्धारित समयको खेल २–२ को बराबरीपछि टाईब्रेकरमा पनि नतिजा निस्किन नसक्दा सडन डेथमा इनरुवाले जित हात पार्दै फाइनल प्रवेश गरेको हो ।

खेलमा इनरुवाका गोलरक्षक निशान्त मगर म्यान अफ दि म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तर्गत चैत्र ३ गते आइतबारको दोस्रो सेमिफाइनल खेल जर्जियन फुटबल क्लब, भारत र बिराटनगर फुटबल क्लब, मोरङबीच हुने आयोजकले जानकारी दियो ।

इनरुवा फुटबल क्लब, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही चैत्र ५ गतेका दिन हुनेछ ।

Post Comments