
फेदाप । तेह्रथुमको फेदाप गाउँपालिका २ ओयाक्जुङ्ग यावारामा चैत्र १८ गते देखि २३ गते सम्म दोस्रो ओयाक्जुङ्ग गोल्डकप पालिका स्तरीय पुरूष तथा महिला फुटबल प्रतियोगिता सन्चालन हुने भएको छ ।
यावारा खेल मैदानमा सन्चालन हुन लागेको गोल्डकपमा पुरूष तर्फ तेह्रथुम जिल्लाका सबै ६स्थानीय तहहरू र छिमेकी जिल्ला ताप्लेजुङ, पॉचथर, धनकुटा र संखुवासभाका गरी जम्मा १२ आमन्त्रित टिमहरुको सहभागिता रहने बताइएको छ । त्यस्तै महिला तर्फ चार वटा आमन्त्रित टिमहरू रहने उल्लेख गरिएको छ ।
ओयाक्जुङ गोल्डकप सन्चालन समितिको आयोजनामा हुने प्रतियोगिता अन्तर्गत पुरूष तर्फको विजेताले १ लाख ५० हजार सहित सुन जडित तीन वर्षे स्व. याम बहादुर मादेम्बा स्मृति रनिङ ट्र्फि मेडल र प्रमाण पत्र साथै उपविजेताले ७५ हजार सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । विजेताले प्राप्त गर्ने सुन जडित रनिङ ट्रफि स्व. याम बहादुर मादेम्बाको स्मृतिमा उहाँको सहपरिवार बाट प्रायोजन गरिएको छ ।
त्यसै गरी आमन्त्रित महिला फुटबलको विजेताले ३० हजार नगत सहित सुन जडित स्व. चोलमाया पंधाक मादेम्बा स्मृति ३ वर्षे रनिङ ट्र्फि मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । नगद पुरस्कारको प्रायोजन फेदाप २ यावारा ओयाक्जुङ्ग हाल पोल्यान्डमा कार्यरत किरण मादेम्बाले गरेका हुन भने सुन जडित रनिङ ट्रफि स्व. आमा चोल मायॉ पंधाक मादेम्बाको स्मृतिमा नेपाली सेनामा कार्यारत फेदाप २ ओयाक्जुङ हाल यु एन मिसन लिबियामा शान्ति सेनामा रहनु भएका छोरा नवीन मादेम्बाले प्रायोजन गरेका छन । उपविजेताले भने १५ हजार सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।
गोल्डकपमा प्रत्येक खेलको प्लेयर अफ दि म्याच तथा प्रतियोगिताको सर्वोकृष्ट खेलाडी,वेष्ट डिफेन्स,वेष्ट गोल किपर,सर्वाधिक गोलकर्ता,वेष्ट स्टाइकर लगायत विधागत उत्कृष्टले समेत उचित पुरस्कार प्राप्त गर्नेछन् ।
गोल्डकपमा प्रत्येक खेलको प्लेयर अफ दि म्याच तथा प्रतियोगिताको सर्वोकृष्ट खेलाडी,वेष्ट डिफेन्स,वेष्ट गोल किपर,सर्वाधिक गोलकर्ता,वेष्ट स्टाइकर लगायत विधागत उत्कृष्टले समेत उचित पुरस्कार प्राप्त गर्नेछन ।
स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नारालाई सार्थक पार्दै खेलकुदको माध्ययमबाट स्थानीय कला,संस्कृति तथा पर्यटनलाइ प्रवद्धन गर्ने मुख्य उद्येस्यका साथ गोल्डकप आयोजना सुरू गरिएको ओयाक्जुजुङ गोल्डकप सन्चालन समितिका अध्यक्ष समशेर बहादुर मादेम्बाले जानकारी दिए ।