News मिल्स गोल्डकपः विजयी शुरुवातका साथ फ्युजन सेमिफाइनलमा
गोलनेपाल

बिराटनगर । पाँचौं मिल्स गोल्डकप नकआउट फुटबल प्रतियोगितामा विजयी शुरुवात गर्दै फ्युजन फुटबल क्लब, गाईघाट सेमिफाइनलमा प्रवेश गरेको छ ।

फ्युजनले उद्घाटन खेलमा प्रोगेशिल युवा क्लब, फत्तेपुरलाई १–० को झिनो अन्तरले हराउँदै विजयी शुरुवातका साथ सेमिफाइनलमा प्रवेश गरेको हो । फ्युजनको जितमा युवराज थापाले एक मात्र निर्णायक गोल गरे । खेलका प्लेयर अफ दि म्याच भने फ्युजन कै गोलरक्षक अनिल मगर चुनिए ।

मिल्स गोल्डकप फुटबल ट्रष्ट, बिराटनगर, मोरङको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ हजार हात पार्नेछ भने उपविजेताले ५१ हजार प्राप्त गर्नेछ । फाइनल खेल भने यही चैत्र १० गतेका दिन हुनेछ ।

 

Post Comments