News तेस्रो तुम्बेवा गाउँपालिका अध्यक्ष कपको उपाधि आयोजक बी लाई
गोलनेपाल

तुम्बेवा । पॉचथरको तुम्बेवा गाउँपालिकाको केन्द्र मौवामा सम्पन्न तेस्रो तुम्बेवा गाउँपालिका अध्यक्ष कप खुल्ला पुरूष फुटबलको उपाधि आयोजक तुम्बेवा बि ले हात पारेको छ ।

सोमबार इन्द्रेणि माध्यमिक विद्यालयको खेल मैदानमा सम्पन्न फाइनल खेलमा कुम्मायक स्पोर्टिङ क्लबलाई शुन्यका विरूद्ध एक गोलले पराजित गर्दै आयोजकले उपाधि चुमेको हो । उपाधिसंगै तुम्बेवाले २ लाख २ हजार २२२ सहित ट्रफि प्राप्त गर्यो भने उपविजेता कुम्मायकले १ लाख १ हजार १११ मा चित्त बुझायो ।

वडा स्तरीय महिला फुटबलको उपाधि वडा नं ५ हाङगुमलाइ

 

त्यस्तै प्रथम तुम्बेवा महोत्सवको अवसरमा आयोजित वडा स्तरीय महिला फुटबलको उपाधि वडा नं ५ हाङगुमले हात पारेको छ । सोमबार नै सम्पन्न फाइनलमा वडा न ३ मौवालाई शुन्यका विरूद्ध दुइ गोलले पराजित गर्दै हाङगुमले उपाधि चुमेको हो । उपाधि संगै हाङगुमले ३३ हजार र उपविजेता मौवाले १६ हजार प्राप्त गर्यो ।

फागुन २७ गते देखि शुरू तुम्बेवा महोत्सव तथा तेस्रो पालिका अध्यक्ष कप चैत्र ४ गते भव्य रूपमा सम्पन्न भएको तुम्बेवा गाउँपालिका अध्यक्ष बाबुराम खडकाले जानकारी दिए ।

 

Post Comments