News मिल्स गोल्डकपः पेमा एफसी सेमिफाइनलमा
गोलनेपाल

बिराटनगर । पेमा फुटबल क्लब यहाँ जारी पाँचौं मिल्स गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पेमाले कोशी प्रदेश प्रहरी कार्यालयको फुटबल टिमलाई २–० ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।

जुट मिल खेलमैदानमा भएको खेलमा पेमाका लागि अनिल परियार र हरी खवासले गोल गरे । खेलको म्यान अफ दि म्याच पनि पेमा कै गोलकर्ता अनिल परियार चुनिए ।

प्रतियोगिता अन्तर्गत चैत्र ५ गते मंगलबारको तेस्रो क्वाटरफाइनल खेल वाइएससी खाखा झील हटिहार, भारत र टिएफसी, सुनसरीबीच हुने आयोजकले जानकारी दियो ।

मिल्स गोल्डकप फुटबल ट्रष्ट, बिराटनगर, मोरङको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ हजार हात पार्नेछ भने उपविजेताले ५१ हजार प्राप्त गर्नेछ । फाइनल खेल भने यही चैत्र १० गतेका दिन हुनेछ ।

 

Post Comments