News एपिएफ राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा
गोलनेपाल

चितवन । फराकिलो जित निकाल्दै एपिएफ फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

आज सम्पन्न पहिलो सेमिफाइनलमा भरतपुर २४ लाई ११-० ले हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो । भरतपुर ७ कृष्णपुर मैदानमा भएको खेलमा एपिएफको जितमा अनिता केसी र रश्मी कुमारी घिसिङले ह्याट्रिकसहित ४-४ गोल गरे ।

प्रिती राई, सबिता राना मगर र गीता रानाले एक-एक गोल गरे । चार गोल गरेकी अनिता केसी प्लेयर अफ दि म्याच भईन् । उनले १० हजार रुपैयाँ प्राप्त गरेकी छन् । यससँगै जारी प्रतियोगितामा एपिएफले दुई खेलमा २० गोल गरिसकेको छ ।

एपिएफले अब उपाधिका लागि दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनलमा भोलि बिहीबार रौतहट फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लब भिड्नेछन् । खेल दिउँसो ४ बजे हुनेछ ।

Post Comments