News पर्वतमा यु–१४ युथ लिग हुँदै
गोलनेपाल

पैयुँ । मर्दीखोला युनाइटेड, पैयुँ गाउँपालिका–४, पर्वतको आयोजनामा यु–१४ विद्यालय र एकेडेमीस्तरीय युथ लिग फुटबल प्रतियोगिता हुने भएको छ ।

आयोजक क्लब कै मर्दीखोला खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारीहरु पनि शुरु भईसकेको आयोजकले जनाएको छ । प्रतियोगिताको मिति भने आधिकारिक रुपमा छिटै जानकारी गराइने पनि आयोजकले जानकारी दियो ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३३,३३३ रुपैयाँ हात पार्नेछ भने दोस्रो हुनेले २२,२२२ रुपैयाँ तथा तेस्रो हुनेले ११,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गनेछन् । त्यसबाहेक विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

प्रतियोगिताबारे विस्तृत जानकारीका लागि सम्पर्क नम्बरहरु 9816669309, 9846833888, 9765640533, 9810330139 मा सम्पर्क गर्न सकिने पनि आयोजकले जनाएको छ ।

Post Comments