News पुलिस आठौं भरौल गोल्डकपको फाइनलमा
गोलनेपाल

कालाबञ्जर । विभागीय टोली नेपाल पुलिस क्लब, काठमाडौं यहाँ जारी आठौं भरौल गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ ।

बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा पुलिसले कञ्चनजंघा फुटबल क्लब, सिलिगुडी, भारतलाई २–० ले हराउँदै फाइनल स्थान पक्का गरेको हो । पुलिसको जितमा हेम तामाङ र बिकास बिकले गोल गरे ।

खेलको म्यान अफ दि म्याच भने पुलिस कै बिबेक पाण्डे घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे । पुलिसले अब चैत ९ गते शनिबार हुने फाइनलमा द योङ ब्रदर्श क्लब, इटहरीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

न्यु स्टार क्लब, बराहक्षेत्र–५, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ ।

Post Comments