News युथ टोलीको सहायक प्रशिक्षक मङ्गल र गोलकिपिङ प्रशिक्षकमा सञ्जिव नियुक्त
गोलनेपाल

काठमाडौं । भारतमा हुने साफ यु–१९ च्याम्पियनसिप खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय यु–१९ फुटबल टोलीको सहायक प्रशिक्षकमा मङ्गल महर्जन र गोलकिपिङ प्रशिक्षकमा सञ्जिव जोशीलाई नियुक्त गरिएको छ ।

मङ्गल र सञ्जिव दुवैलाई आइतबार सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मुख्यालयमा एन्फाका महासचिव किरन राईले एक कार्यक्रमका बीच नियुक्तिपत्र हस्तानतरण गरे । टोलीको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठ यसअघि नै नियुक्त भईसकेका छन् ।

स्मणरीय छ, आउँदो मई ९ देखि १८ तारीखसम्म भारतको अरुणाचल प्रदेशमा हुन गईरहेको साफ यु–१९ च्याम्पियनसितर्फ नेपाल समूह बी मा परेको छ । जहाँ नेपालले आयोजक भारतसँगै श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । समूह ए मा भने बंगलादेश, भुटान र माल्दिभ्स रहेका छन् ।

Post Comments