News आठौं गोलबजार मेयर गोल्डकपः चात्या सा सेमिफाइनलमा
गोलनेपाल

गोलबजार । चात्या सा फुटबल क्लब, झापा यहाँ जारी आठौं गोलबजार मेयर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको दोस्रो क्वाटरफाइनलमा चात्या साले मनोहरा एकिकृत युवा क्लब, काठमाडौंलाई शून्यका विरुद्ध १ गोलले हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो ।

चात्या साको जितमा विदेशी खेलाडी म्याटिसले एक मात्र निर्णायक गोल गरे । खेलको म्यान अफ दि म्याच भने चात्या सा कै आशिष लावती घोषित भए ।

गोलबजार नगरपालिका, सिरहाको आयोजना जारी प्रतियोगिताको विजेताले उपाधिहित नगद ४ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही चैत्र २१ गतेका दिन हुनेछ ।

Post Comments