काठमाडौं । शनिबारदेखि शुरु भएको बहुप्रतिक्षित तेस्रो नेपाल सुपर लिगको उद्घाटन खेलतर्फ साविक विजेता ललितपुर सिटी फुटबल क्लब र काठमाडौं रेजर्स फुटबल क्लबले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका छन् ।
दशरथ रंगशालामा भएको उद्घाटन खेलमा दुई गोलको स्पष्ट अग्रता जोगाउन नसकेको ललितपुरले अन्ततः बराबरीमा चित्त बुझाउन पर्यो । खेलको छैठौं मिनटमै जेनाथन कान्टिलानाको पासलाई क्लियर गर्ने क्रममा कमल श्रेष्ठले आत्मघाती गोल गर्दा ललितपुरले शुरुवाती अग्रता बनाउन सफल भएको थियो ।
लगतै १४औं मिनटमा ललितपुरका लागि आदित्य शाक्यले दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । तर, काठमाडौंले खेलमा रोमाञ्चक पूनःरागमन गर्यो । ७५औं मिनटमा अमडु डियोपले काठमाडौंका लागि पहिलो गोल गरे भने इन्जुरी समयमा भिन्सेन्ट कोजिलोले दोस्रो गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए । भिन्सेन्ट खेलको प्लेयर अफ दि म्याच समेत चुनिए ।
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न