News
तेस्रो लहान मेयर गोल्डकपः चात्या सा फाइनलमा

लहान । चात्या सा पुस्तकालय, दमक, झापा यहाँ जारी तेस्रो लहान मेयर गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको पहिलो सेमिफाइनलतर्फ चात्या सा ले बेङ्गखाडी युवा क्लब, महोत्तरीलाई २–० ले हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो । चात्या साको जितमा हेमन लिम्बु र मार्टिनले गोल गरे ।
चात्या साका हेमन लिम्बु खेलको म्यान अफ दि म्याच समेत चुनिए । प्रतियोगिता अन्तर्गत चैत्र १८ गते सोमबारको दोस्रो सेमिफाइनल खेल लहान एफसी, लहान (निलो) र आर.एफ.सी., हरिवन, सर्लाहीबीच हुने आयोजकले जानकारी दियो ।
हिम कस्तुरी युवा क्लब, लहान, सिरहाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ११ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ११ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही चैत्र २० गतेका दिन हुनेछ ।
Post Comments