
फेदाप । तेह्रथुमको फेदाप गाउँपालिका वडा नं २ ओयाक्जुङ यावरामा दोस्रो ओयाक्जुङ गोल्डकप पालिका स्तरीय पुरूष तथा महिला फुटबल प्रतियोगिता सन्चालन शुरू भएको छ । फेदाप गाउँपालिकाका अध्यक्ष केशब प्रसाद भेटवालको प्रमूख आतिथ्यता,उपाध्यक्ष सुनिता पाहिमको विशेष आथित्यतामा गोल्डकपको समुदघाटन भएको हो ।
सोमबार 9A साइडको यावरा खेल मैदानमा उदघाटन खेल संगै प्रतियोगिता शुरू भएको हो ।मैत्रीपूर्ण उदघाटन खेलमा कर्मचारीले जनप्रतिनिधिको टिमलाइ ३-० ले पराजित गरेको थियो । प्रतियोगितात्मक खेलहरू भोली मंगलबार देखि हुनेछन । भोली हुने पहिलो खेलमा आयोजक बि र फेदाप १ भिड्नेछन ।
गोल्डकपमा पुरूषतर्फ तेह्रथुम जिल्लाका सबै स्थानीय तहहरू र छिमेकी जिल्ला पॉचथर गरी जम्मा १२ टिमको सहभागिता रहेको छ । त्यस्तै महिला तर्फ चार वटा आमन्त्रित टिमहरू रहने उल्लेख गरिएको छ ।
ओयाक्जुङ गोल्डकप सन्चालन समितिको आयोजनामा शुरू प्रतियोगिता अन्तर्गत पुरूष तर्फको विजेताले १ लाख ५० हजार सहित सुन जडित तीन वर्षे रनिङ ट्र्फि मेडल र प्रमाण पत्र साथै उपविजेताले ७५ हजार सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।
विजेताले प्राप्त गर्ने सुन जडित रनिङ ट्रफि स्व. याम बहादुर मादेम्बाको स्मृतिमा उनको सहपरिवार फेदाप २ ओयाक्जुङले प्रायोजन गरेका हुन । त्यसै गरी आमन्त्रित महिला फुटबलको विजेताले ३० हजार सहित सुन जडित रनिङ ट्र्फि मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
नगद पुरस्कारको प्रायोजन किरण मादेम्बा फेदाप २ ओयाक्जुङ हाल पोल्यान्डले गरेका हुन भने सुन जडित रनिङ ट्रफि स्व. आमा चोल मायॉ पंधाक मादेम्बाको स्मृतिमा नेपाली सेनामा कार्यारत छोरा नविन मादेम्बा फेदाप २ ओयाक्जुङ हाल यु एन मिसन लिबिया शान्ति सेनाले प्रायोजन गरेका छन । उपविजेताले भने १५ हजार सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।
गोल्डकपमा प्रत्येक खेलको प्लेयर अफ दि म्याच तथा प्रतियोगिताको सर्वोकृष्ट खेलाडी,वेष्ट डिफेन्स,वेष्ट गोल किपर,सर्वाधिक गोलकर्ता,वेष्ट स्टाइकर लगायत विधागत उत्कृष्टले समेत उचित पुरस्कार प्राप्त गर्नेछन ।