
फेदाप । तेह्रथुमको फेदाप गाउँपालिका वडा नं २ ओयाक्जुङ यावरामा दोस्रो ओयाक्जुङ गोल्डकप पालिका स्तरीय पुरूष तथा महिला फुटबल प्रतियोगिता हिजोबाट शुरू भएको छ ।
आज सम्पन्न पहिलो खेलमा आयोजक B लाई आफ्नो घरेलु मैदानमा एकका विरुद्ध दुई गोलले स्तव्ध पार्दै फेदाप गा.पा. वडा नं.१ ले विजयी सुरुवात गरेको छ । निकै प्रतिस्पर्धात्मक रहेको खेलमा आयोजकलाई हराउँदै फ़ेदाप १ क्वाटरफाईनल प्रवेश गरेको छ। फेदाप १ को लागि जोहन लिम्बूले २ गोल गर्दा वसन्त बुढाथोकीले १ गोल उपहार स्वरूप दिएका थिए।
आज भएको दोस्रो खेलमा मेन्छ्यायम गाउँपालिकाले म्याङलुङ्ग नगरपालिकालाई उत्कृष्ट कम्ब्याक जितको साथमा हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ। खेलको सुरुवाती समयमा म्याङ्लुङले टीम कप्तान पवन लिम्बुको गोलमा अग्रता बनाएपनि दोस्रो हाफमा उत्कृष्ट खेल प्रदर्शन गरेको मेन्छ्छायम गाउँपालिकाले दुई गोल गर्दै जीत हात पार्न सफल थियो। मेन्छ्छायमको लागि अतिरिक्त खेलाडि संगम लिम्बूले दोस्रो हाफमा मैदान प्रवेश गरेर ३० मिनेटमा गोल गर्दै खेलमा फर्काएका थिए भने तुलसी लिम्बूले खेलको ३८ औं मिनेटमा गोल गर्दै आफ्नो टोलीको जीत सुनिश्चित गराएका हुन्। यो जितसँगै मेन्छ्यायम गाउँपालिका क्वाटरफाईनल प्रवेश गरेको हो।
आजनै भएको अन्तिम खेलमा म्याङ्लुङ नगरपालिका वडा नं. ६ जिरिखिम्तीले आठराई गाउँपालिकालाई १ का विरुद्ध २ गोलले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ। जिरिखिम्तिका लागि सुलभ लिम्बूले दुवै गोल गरेका हुन् । खेलको ६ मिनेटमा र २१ मिनेटमा गोल गरेका सुलभ उक्त खेलको म्यान अफ दि म्याच घोषित भएका छन्। खेलको अन्तिम समयमा आठराईको लागि रोशन लिम्बूले गोल गरेतापनि टोलीको लागि पर्याप्त रहन सकेन। यो जीत सगै जिरिखिम्ती क्वार्टर फाइनलमा प्रवेश गरेको छ।
भोलि हुने अन्तिम प्री क्वाटरफाईनल खेल आयोजक A र फेदाप ५ बीच दिनको ठीक ११ बजे त्यस्तै भोलिको दोस्रो खेल क्वाटरफाईनल अन्तर्गत फेदाप गाउँपालिका र फेदाप १ बीच दिनको १ बजे र भोलिको अन्तिम खेल क्वाटरफाइनल अन्तर्गतकै खेल छथर गाउँपालिका र मेन्छ्यायम गाउँपालिका बीच दिनको ३ बजे हुनेछन्।
गोल्डकपमा पुरूष तर्फ तेह्रथुम जिल्लाका सबै स्थानीय तहहरू र छिमेकी जिल्ला पॉचथर गरी जम्मा १२ टिमको सहभागिता रहेको छ । त्यस्तै महिला तर्फ चार वटा आमन्त्रित टिमहरू रहने उल्लेख गरिएको छ ।
ओयाक्जुङ गोल्डकप सन्चालन समितिको आयोजनामा शुरू प्रतियोगिता अन्तर्गत पुरूष तर्फको विजेताले १ लाख ५० हजार सहित सुन जडित तीन वर्षे रनिङ ट्र्फि मेडल र प्रमाण पत्र साथै उपविजेताले ७५ हजार सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।
विजेताले प्राप्त गर्ने सुन जडित रनिङ ट्रफि स्व. याम बहादुर मादेम्बाको स्मृतिमा उनको सहपरिवार फेदाप २ ओयाक्जुङले प्रायोजन गरेका हुन ।
त्यसै गरी आमन्त्रित महिला फुटबलको विजेताले ३० हजार सहित सुन जडित रनिङ ट्र्फि मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । नगद पुरस्कारको प्रायोजन किरण मादेम्बा फेदाप २ ओयाक्जुङ हाल पोल्यान्डले गरेका हुन भने सुन जडित रनिङ ट्रफि स्व. आमा चोल मायॉ पंधाक मादेम्बाको स्मृतिमा नेपाली सेनामा कार्यारत छोरा नविन मादेम्बा फेदाप २ ओयाक्जुङ हाल यु एन मिसन लिबिया शान्ति सेनाले प्रायोजन गरेका छन । उपविजेताले भने १५ हजार सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।
गोल्डकपमा प्रत्येक खेलको प्लेयर अफ दि म्याच तथा प्रतियोगिताको सर्वोकृष्ट खेलाडी,वेष्ट डिफेन्स,वेष्ट गोल किपर,सर्वाधिक गोलकर्ता,वेष्ट स्टाइकर लगायत विधागत उत्कृष्टले समेत उचित पुरस्कार प्राप्त गर्नेछन ।