
फेदाप । तेह्रथुमको फेदाप गाउँपालिका वडा नं २ ओयाक्जुङ यावरामा जारी दोस्रो ओयाक्जुङ गोल्डकप पालिका स्तरीय पुरूष फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।
बिहीबार सम्पन्न तेस्रो क्वाटर फाइनलमा म्याङलुङ नगरपालिका ६ जिरिखिम्तिले डिफेन्डिङ च्याम्पियन मेन्छ्यायेम गाउँपालिका २ चनचलेलाई ५-२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा फेदाप गाउँपालिका संगको भेट पक्का गरेको छ ।
त्यस्तै अन्तिम क्वाटर फाइनलमा फेदाप गाउँपालिका ५ इशिबु विरुद्ध ४-० को जित दर्ता गर्दै कुम्मायक गाउँपालिकाले सेमिफाइनलमा आफ्नो भेट छथर गाउँपालिकासंग पक्का गरेको हो।
त्यस्तै बिहीबार नै सम्पन्न आमन्त्रित महिला फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा फेदाप ३ जलजलेलाई पेनाल्टि सुटआउटमा ३-१ गोलले पराजित गर्दै आयोजक प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।
प्रतियोगिताको पॉचौ दिन शुक्रबार पुरूष तर्फका दुबै सेमीफाइनल र महिला तर्फको अन्तिम सेमिफाइनल खेल हुनेछन। पहिलो सेमिफाइनलमा फेदाप गाउँपालिका र म्याङलुङ नगरपालिका ६ जिरिखिम्ति भिडनेछन । त्यस्तै दोस्रो सेमिफाइनलमा कुम्मायक गाउँपालिका पॉचथर र छथर गाइयउँपालिका तेह्रथुमले प्रतिस्पर्धा गर्नेछन । महिला तर्फको अन्तिम सेमिफाइनलमा फेदाप गाउँपालिका र म्याङलुङ नगरपालिका भिडनेछन ।
गोल्डकपमा पुरूष तर्फ तेह्रथुम जिल्लाका स्थानीय तहहरू र छिमेकी जिल्ला पॉचथर गरी जम्मा १२ टिमको सहभागिता रहेको थियो। त्यस्तै महिला तर्फ चार वटा आमन्त्रित टिमहरू रहेका थिए ।
ओयाक्जुङ गोल्डकप सन्चालन समितिको आयोजनामा चैत्र १८ गते देखि शुरू प्रतियोगिता चैत्र २३ गते सकिनेछ । पुरूष तर्फको विजेताले १ लाख ५० हजार सहित सुन जडित तीन वर्षे रनिङ ट्र्फि मेडल र प्रमाण पत्र साथै उपविजेताले ७५ हजार सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । विजेताले प्राप्त गर्ने सुन जडित रनिङ ट्रफि स्व. याम बहादुर मादेम्बाको स्मृतिमा उनको सहपरिवार फेदाप २ ओयाक्जुङले प्रायोजन गरेका हुन ।
त्यसै गरी आमन्त्रित महिला फुटबलको विजेताले ३० हजार सहित सुन जडित रनिङ ट्र्फि मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । नगद पुरस्कारको प्रायोजन किरण मादेम्बा फेदाप २ ओयाक्जुङ हाल पोल्यान्डले गरेका हुन भने सुन जडित रनिङ ट्रफि स्व. आमा चोल मायॉ पंधाक मादेम्बाको स्मृतिमा नेपाली सेनामा कार्यारत छोरा नविन मादेम्बा फेदाप २ ओयाक्जुङ हाल यु एन मिसन लिबिया शान्ति सेनाले प्रायोजन गरेका छन । उपविजेताले भने १५ हजार सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।
गोल्डकपमा प्रत्येक खेलको प्लेयर अफ दि म्याच तथा प्रतियोगिताको सर्वोकृष्ट खेलाडी,वेष्ट डिफेन्स,वेष्ट गोल किपर,सर्वाधिक गोलकर्ता,वेष्ट स्टाइकर लगायत विधागत उत्कृष्टले समेत उचित पुरस्कार प्राप्त गर्नेछन ।