News एएफसी यु–१७ एसियन कपः ताजिकिस्तानको विजयी शुरुवात, इरान र उत्तर कोरियाको बराबरी
गोलनेपाल

काठमाडौं । साउदी अरेबियामा जारी एएफसी यु–१७ एसियन कप छनोटतर्फ समूह डी मा ताजिकिस्तानले विजयी शुरुवात गर्दा सोही समूहमा रहेका अन्य दुई टोली इरान र उत्तर कोरियाले बराबरी खेलेका छन् ।

जेद्दाह शहरमा भएको समूह डी को पहिलो खेलमा ताजिकिस्तानले ओमानलाई २–१ ले पराजित गर्यो । त्यस्तै जेद्दाह मै भएको समूह डी तर्फको दोस्रो खेलमा इरान र उत्तर कोरियाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे ।

समूह चरणतर्फको दोस्रो खेलमा ८ अप्रिलका दिन उत्तर कोरियाले ताजिकिस्तानको सामना गर्नेछ भने सोही दिन इरानले ओमानसँग खेल्नेछ ।

प्रतियोगितामा सहभागि कुल १६ टोलीहरुलाई चार समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष दुई टोली नकआउट चरणमा प्रवेश गर्नुका साथै यस वर्ष हुने फिफा यु–१७ विश्वकपका लागि पनि सोझै छनौट हुने छन् ।

Post Comments