
फुङबारीलाई हराउँदै फिदिम उपाधि नजिक । पाँचथर जिल्लाको फिदिम नगरपालिका वडा नं १० याङ्नाम खलंगाटारमा रहेको इमानसिंग रंगशालामा याङ्नाम फुटबल क्लबको आयोजनामा जारी तेस्रो याङ्नाम गोल्ड कपको फाइनल समीकरण पुरा भएको छ ।
सोमबार सम्पन्न दोस्रो सेमीफाइनल खेलमा फुङ्बारी एफ सी फाक्तेपलाई एकका विरुद्ध तीन गोलले हराउँदै फिदिम स्पोर्टिङ्ग फाइनलमा प्रवेश गरेको हो। फिदिम स्पोर्टिङ्ग याङ्नाम गोल्ड कपको हालसम्म भएका सम्पूर्ण संस्करणको फाइनल खेल्ने एकमात्र टोली हुँदै इतिहास बनाएको छ । फिदिम पहिलो संस्करणको विजेता र दोस्रो संस्करणको उपविजेता टोली हो भने तेस्रो संस्करणमा उपाधि नजिक पुगेको छ ।
फिदिमका लागि सुरुवाती समय पाँच मिनेट समयमानै हिटेन लिम्बूले गोल गर्दै अग्रता दिलाएका थिए , तर त्यो अग्रतालाई धेरै बेर टिकाउन सकेन । फुङबारी गोल बेहोरेको केही मिनेटमानै प्रविन राईको गोलमा खेलमा फर्किएको थियो । पहिलो हाफको तीस मिनेटमा हिटेन लिम्बूले व्यक्तिगत दोस्रो गोल गर्दा फिदिम फेरि अग्रता लिन सफल भएको थियो । पहिलो हाफ दुई एक गोल अन्तरमा आफ्नो पक्षमा बनाएको फिदिमले दोस्रो हाफको केही मिनेटमानै निरोज लिङ्देनले गोल गर्दै अग्रता दोब्बर गराएका थिए । त्यसपश्चात कुनै टोलीबाट गोल हुन नसक्दा फिदिम उपाधि नजिक पुगेको हो ।
फिदिमलाई उपाधि नजिक पुर्याउन उत्कृष्ट खेल खेलेका निरोज लिङ्देन उक्त खेलको म्यान अफ दि म्याच घोषित भएका थिए । उपाधिका लागि मंगलबार दिनको ठीक २:३० बजे तिजोक युवा क्लबले प्रतियोगिताको सर्वाधिक सफल टोली फिदिम स्पोर्टिङ्गको सामना गर्ने तय भएको छ । प्रतियोगिताको विजेताले नगद रु.२,०३,३३३ को साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उप विजेताले नगद रु.१,०३,३३३ को साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ।
प्रतियोगितामा पाँचथर जिल्ला भित्रका कुल आठ टोलीको सहभागिता रहेको थियो भने यस प्रतियोगिताको फाइनल २०८२ साल वैशाख २ गते हुने छ। प्रतियोगिताको सम्पूर्ण खेलहरु गोल नेपालको फेसबुक पेज र युट्युबबाट एकसाथ प्रतक्ष प्रसारण हुने छन्।