
तेह्रथुमको आठराई सक्रान्ति बजारमा आठराई मदनमेला २०८२ सुरू भएको छ ।
बि.स. २०१५ साल देखि लाग्दै आएको मेला बैसाख ३ गते आज देखि सुरू भइ ९ गते सम्म सन्चालन हुनेछ । मेलाको पूर्व सहरी बिकास मन्त्रि सिता गुरूङको प्रमुख आतिथ्तामा उदघाटन सम्पन्न भयो । उदघाटन कार्यक्रम संगै फिदिम भेट्रान्स र आठराई भेट्रान्स बिचको मैत्रीपूर्ण उदघाटन खेल सम्पन्न भयो । उदघाटन खेलमा आठराइले फिदिमलाई दुई शुन्यले पराजित गर्यो । आठराईको जितका लागि खगेन्द्र चोङवाङ र बिशाल गुरूङले एक एक गोल गरे ।
प्रतियोगितात्मक खेल भने भोलीबाट सन्चालन हुनेछन । मेलाको दोस्रो दिन मदन मेमोरियल खुल्ला पुरूष फुटबल तर्फका पहिलो चरणका पॉच खेल हुने समय तालिका रहेको छ । पहिलो खेल जिरिखिम्ति तेह्रथुम र आठराई गाउँपालिका ४ इवा बिच बिहानको ७ बजे हुनेछ ।
१६ टिम सहभागी रहेको मदन मेमोरियल पुरुष फुटबल प्रतियोगिताको विजेताले २ लाख ५ हजार ५५५ सहित ट्रफि मेडल र प्रमाणपत्र उपविजेताले १ लाख ३० हजार ५५५ सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन । ६ टिम सहभागि रहेको खुल्ला महिला फुटबलको बिजेताले नगद ८० हजार ५५५ सहित ट्रफि र उपविजेताले ५० हजार ५५५ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन ।
मेलाको अवसरमा आयोजित अन्तर पालिका स्तरीय पुरूष भलिबल प्रतियोगिताको विजेताले ८० हजार सहित तीन वर्षे रनिङ ट्रफि र उपविजेताले ५० हजार सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्ने बताइएको छ । मेलामा आठराई गाउँपालिका र मदन धारा समितिको आर्थिक सहयोग रहेको छ ।