News नवमीडाँडा गोल्डकपको सेमिफाइनल समीकरण पूरा, पाथीभरा एफसी र केलाङ एफसी विजयी
गोलनेपाल

नवमीडाँडागोल्डकप अन्तर्गत आज सम्पन्न दुई रोमाञ्चक खेलहरूमा पाथीभरा एफसी–सुनसरी र केलाङ एफसी–मोरङ विजयी हुँदै सेमिफाइनलमा प्रबेस गरेका छन्।

पहिलो खेलमा पाथीभरा एफसीको दबदबा
पहिलो क्वार्टरफाइनलमा पाथीभरा एफसी–सुनसरीले माङसेबुङ–इलामलाई ५–२ ले पराजित गर्दै सहजै सेमिफाइनलको यात्रा तय गरेको हो। पाथीभराका जोसन राईले दुई गोल गरे भने योगन बान्तवा राई, राजेश लुंगेली मगर र विजय राईले एक–एक गोल थपे। माङसेबुङका लागि पर्सल लिम्बु र सांगेल लिम्बुले गोल गरेका थिए।
दुई गोलसहित प्रभावशाली प्रदर्शन गरेका जोसन राई म्यान अफ द म्याच घोषित भए।

दोस्रो खेलमा केलाङ एफसी फाइनल प्रवेश
दोस्रो खेलमा केलाङ एफसी–मोरङले फाकफोथुम वाईसी–इलामलाई २–१ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गर्‍यो। केलाङका लागि मिक्सन दासले दुई गोल गरे, जसका लागि उनी खेलको म्यान अफ द म्याच पनि घोषित भए। फाकफोथुमका तर्फबाट एकमात्र गोल पुजन राईले गरे।

भोलिको सेमिफाइनल भिडन्त
प्रतियोगिता अन्तर्गत भोलि हुने सेमिफाइनल खेलमा पाँचथर एफसी–फिदिम र पाथीभरा एफसी–सुनसरीबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।

Post Comments