नेपाल सुपर लिग एनएसएलमा रेफ्रीको निर्णयको ललितपुर सिटी एफसीले अपिल गर्ने भएको छ ।
पहिलो क्वालिफायर खेलमा दुई रातो कार्ड ब्यहोरेको ललितपुरले निर्णयविरुद्ध अपिल गर्ने भएको हो ।
‘प्रतियोगिताको स्तर बढाउन टिमको हिसाबले हामीले धेरै मेहनत गर्यौ । तर एनएसएल खेलाउने रेफ्रीको स्तरनै भएन ।’ ललितपुर सिटीका प्रबन्ध निर्देशक आलोक जोशीले भने ।
‘रेफ्रीको गलत निर्णयका कारण हाम्रा दुई महत्वपुर्ण खेलाडीले रातो कार्ड पाएका छन् । यो गलत निर्णयको विरुद्धमा हामीले कडा अपिल गर्नेछौं ।’ जोशीले भने
खेलको सुरुवातबाटै दश खेलाडीमा सिमित बनेको ललितपुरले धनगढीलाई हराउँदै प्रतियोगिताको फाइनल पुगेको छ । तर पहिलो क्वालिफायर खेलमा दुई रातो कार्डका कारण फाइनल खेल अघिनै टिमलाई ठुलो झट्का लागेको छ ।
खेलको सुरुवातमा धनगढीका मोहमद अल जाउनीबाट खराब ट्याकल ब्यहोरेका ललितपुरका मणिकुमार लामाले उल्टै रातो कार्ड पाएका थिए । छातिमा कडा ट्याकल खाएका मणिलाई खेलको १६ औं मिनेटमा मुख्य रेफ्री उमेश बिडारीले मैदान बाहिरको बाटो देखिएका थिए । खेलको अन्तिममा रेफ्री बिडारीले ललितपुरका पापे डिकेटलाई रातो कार्ड देखाएका थिए ।
खेल सकेर मैदान बाहिर निस्किएका बिडारीले ललितपुरका कप्तान अनन्त तामाङलाई समेत पहेलो कार्ड दिए ।
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान