News
दोस्रो क्वालिफायरमा पोखरा, फाइनल प्रवेशका लागि धनगढीसँग भिड्ने

काठमाडौं । पोखरा थन्डर्स जारी तेस्रो नेपाल सुपर लिगको दोस्रो क्वलिफायरमा प्रवेश गर्न सफल भएको छ । आइतबार भएको इलिमिनेटर म्याचमा पोखराले एफसी चितवनमाथि ३–० को प्रभावशाली जित निकाल्दै दोस्रो क्वालिफायरमा स्थान बनाउन सफल भएको हो ।
दशरथ रंगशालामा भएको प्रतिस्पर्धात्मक पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । दोस्रो हाफमा भने चितवन दबाबमा पर्यो । ६२औं मिनटमा अभिषेक लिम्बुले आत्मघाती गोल गर्दा पोखरा थन्डर्स खेलमा पछि पर्न पुगेको थियो । त्यसपछि ७१ । ७६औं मिनटमा जोए एडुले लगातार दुई गोल गर्दै पोखरेली टोलीको जित पक्का गरे ।
अब पोखराले दोस्रो क्वालिफायरमा धनगढी एफसीको सामना गर्नेछ । लिगको पहिलो क्वालिफायरतर्फ धनगढीले साविक विजेता ललितपुर सिटी एफसीसँग २–१ को हार बेहोरेको थियो । धनगढीमाथि रोमाञ्चक जित निकालेको ललितपुर भने फाइनल प्रवेश गरिसकेको छ ।
Post Comments
Related News
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै