
काठमाडौं । शहिद स्मारक बी डिभिजन लिगतर्फ आइतबार भएका दुई खेलहरुमा श्री भगवती क्लब र ब्वाईज युनियन क्लबले आ–आफ्नो खेलमा जित हात पारेका छन् ।
एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा श्री भगवतीले नयाँ वस्ती युवा क्लबलाई ३–० को एकतर्फी अन्तरले हरायो । श्री भगवतीको जितमा दिवस छन्त्याल, अमित लामा र विक्रान्त नरसिंह रानाले एक–एक गोल गरे ।
यो जितपछि ७ खेलबाट १७ अंक जोडेको श्री भगवती दोस्रो स्थानमा छ । पराजित नयाँ वस्ती भने ७ खेलबाट ५ अंकका साथ लिगतालिकाको रेलिगेशन क्षेत्रमा संघर्षरत छ ।
त्यस्तै दिनको दोस्रो खेलमा ब्वाईज युनियनले सरस्वती युथ क्लबलाई २–१ ले हरायो । ब्वाईज युनियनका लागि दिव्य विक्रम चौधरी र मिलन लिम्बुले गोल गरे । पराजित सरस्वतीका लागि भने बिशेष लामाले गोल गरेका थिए ।
यो जितपछि ८ खेलबाट ९ अंक जोडेको ब्वाईज युनियन लिगतालिकाको पाँचौं स्थानमा उक्लेको छ । पराजित सरस्वती भने ६ अंकका साथ लिगतालिकाको १२औं स्थानमा छ ।
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने
- एन्फाको सहायक महासचिव पदबाट अलग भए जोशी (पत्रसहित)
- महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न