News
पथरी गाउँपालिका सेमिफाइनलमा

सुन्दरहरैचा । पथरी गाउँपालिका यहाँ जारी तेस्रो मेयर कप अन्तर पालिकास्तरीय पुरुष फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको तेस्रो क्वाटरफाइनल खेलमा पथरीले केराबारी गाउँपालिकालाई टाईब्रेकरमा ४–३ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।
टाईब्रेकरमा भने पथरी गाउँपालिकाले नतिजा आफ्नो पक्षमा पार्यो । खेलमा पथरी गाउँपालिकाका युकेश तामाङ म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत बैशाख ९ गते मंगलबारको चौथो क्वाटरफाइनल खेल दुहबी नगरपालिका र बेलबारी नगरपालिकाको बिच हुने आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- तेस्रो सुन्दरहरेचा मेयर कपमा इटहरीको विजयी शुरुवात
- लखनपुर भेट्रान्स तेस्रो उर्लाबारी भेट्रान्स फुटबल प्रतियोगिताको फाईनलमा
- तेस्रो उर्लाबारी भेट्रान्स फुटबल प्रतियोगिता: चारपाने युनाईटेड भेट्रान्स सेमिफाईनलमा
- तेस्रो उर्लाबारी भेट्रान्स कपको सेमिफाइनल समिकरण पूरा
- पाँचौं अध्यक्ष कपः केराबारी ६ को पुरुष टोलीलाई उपाधि