News
नेपाल आइपुगे ब्राजिलियन लिजेण्ड रोबर्टो कार्लोस
काठमाडौं । विश्व फुटबल र दक्षिण अमेरिकी महारथी ब्राजीलका फुटबल लिजेण्ड रोबर्टो कार्लोस नेपाल आइपुगेका छन् । ५१ वर्षिय कालौस मंगलबार बिहान नेपाल आइपुगेका हुन् ।
उनलाई नेपाल सुपर लिग (एनएसएल) को आयोजक संस्था नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेण्ट प्रा.लि. का पदाधिकारीहरुले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए ।
कार्लोसले नेपाल सुपर लिगतर्फ बुधबार हुने धनगढी र पोखरा बीचको दोस्रो क्वालिफायर म्याचमा विशेष अतिथीका रुपमा उपस्थिति जनाउने छन् ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न