
थाइल्याण्डमा जारी एएफसी यु–१९ महिला च्याम्पियनसिप छनौटतर्फ नेपालले चिरप्रतिद्वन्द्वी भारतलाई हराउँदै दोस्रो चरण प्रवेशको सम्भावना कायम राखेको छ ।
चोनबुरी स्टेडियममा सम्पन्न समूह बी तर्फको आफ्नो दोस्रो खेलमा नेपालले शुक्रबार भारतलाई २–० ले हरायो ।
नेपालको जितमा दुवै गोल रेखा पौडेलले गरीन् । यो जितसँगै २ खेलबाट ३ अंक जोडेको नेपाल दोस्रो स्थानमा उक्लिएको छ । नेपालले यसअघि आफ्नो पहिलो खेलमा आयोजक थाइल्याण्डसँग ०–३ को हार बेहोरेको थियो ।
भारतमाथि नेपालको यो लगातार दोस्रो जित समेत हो । यसअघि यसै महिना भुटानमा सम्पन्न साफ यु–१८ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पनि नेपालले भारतलाई पेनाल्टी शुटआउटमा हराएको थियो ।
उता आफ्नो पहिलो खेलमा पाकिस्तानलाई १८–० ले हराएको भारत पनि समान ३ अंकका साथ तेस्रो स्थानमा छ भने थाइल्याण्ड शिर्ष स्थानमा छ । नेपालले समूह चरणको अन्तिम खेलमा तुलनात्मक रुपमा कमजोर आँकिएको पाकिस्तानसँग आइतबार खेल्नेछ ।
साफ यु–१८ च्याम्पियनसिपमा पनि नेपाल र पाकिस्तान एउटै समूहमा थिए । त्यतिबेला नेपालले पाकिस्तानमाथि १२–० को शानदार जित हात पारेको थियो ।
- विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ सेमिफाइनलमा
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबल प्रतियोगिता हुँदै
- अन्जनाको नयाँ गन्तव्य एपिएफ
- सातौं मेयर कप महिला फुटबल प्रतियोगिता आजदेखि (खेलतालिकासहित)