बाहुनडाँगी (झापा) । इलामको रेडहर्ष एफसी यहाँ जारी विद्या विकास एकाडेमी प्रथम बाहुनडाँगी च्यालेञ्ज कपको फाइनलमा प्रवेश गरेको छ ।
स्थानीय सरस्वती माविको खेलमैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा झापाको शनिश्चरे एफसीलाई सडन डेथमा ६-५ गोलअन्तरले हराउँदै रेडहर्ष इलाम उपाधि नजिक पुगेको हो ।
निर्धारित ८० मिनेटको खेलमा दुवै टिमले १-१ गोलको बराबरी खेलेका थिए । खेलमा पहिलो अग्रता इलामले लिएको थियो । उसका लागि सन्देश खवासको गोलबाट लिएको अग्रता खेलको इन्जुरी समयमा झापाले भंग गरेको थियो ।
झापाका लागि बराबरी गोल दिवस उरावले गरेका हुन् । तर, टाइब्रेकरमा ५-५ गोलको बराबरी गोल गरे पनि सडन डेथमा झापाका प्रविण राईको प्रहार इलामका गोलरक्षक निकेश पाण्डेले रोकेपछि झापाको फाइनल यात्रामा पूर्णविराम लागेको हो ।
झापाका लागि सौरभ सुब्बा, दिवस उराव, पुजन श्रेष्ठ, अभिषेक गुरुङ र श्याम मुर्मुको प्रहारमात्र गोलमा परिणत भएको थियो भने इलामका लागि विवेक सुनाम, रोमन योगी, अभिमन्यु राई, सन्देश खवास, सांगे शेर्पा र मदन जवेगुको प्रहार गोलमा परिणत भएको थियो ।
खेलको प्लेयर अफ दी म्याच इलामका गोलरक्षक निकेश पाण्डे भए । उनले नगद २ हजार प्राप्त गरे । भोलि अन्तिम सेमिफाइनल खेल आयोजक बाहुनडाँगी युवा क्लब र धाइजन एफसीबीच हुनेछ ।
विद्या विकास एकाडेमी मुख्य प्रायोजक रहेको प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार र ट्रफी पाउने छ । बाहुनडाँगी युवा क्लबको आयोजनामा भएको प्रतियोगिताको उपविजेताले नगद ६१ हजार पाउने छ ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा