News फर्साटिकर तेस्रो गैडहवा अध्यक्ष कपको फाइनलमा
सुरज राना मगर

देवीनगर । फर्साटिकर युवा क्लब, फर्साटिकर रुपन्देहीको गैडहवामा जारी तेस्रो गैडहवा अध्यक्ष कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनलमा फर्साटिकरले इभोलुशन क्लब अफ बुटवल, तामनगरलाई टाईब्रेकरमा हराउँदै उपाधि नजिक पुगेको हो । निर्धारित समयको खेल रोमाञ्चक २–२ को बराबरीमा टुंगिएपछि टाईब्रेकरमा फर्साटिकर ५–४ ले विजयी बन्यो ।

खेलमा फर्साटिकरका कप्तान तथा गोलरक्षक शुभांकर जिसी म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत बैशाख १८ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल देवदह ब्वाईज, देवदह र योङ ब्वाईज क्लब, देवदहबीच हुने आयोजकले जानकारी दियो ।

न्यु एभरेष्ट युवा क्लब, गैडहवा, रुपन्देहीको आयोजना तथा गैडहवा गाउँपालिका, विष्णुपुरा, रुपन्देहीको संरक्षकत्वमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,१०,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०५,१११ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल भने यही बैशाख २० गतेका दिन हुनेछ ।

Post Comments