भोजपुर । एपिएफ फुटबल क्लब, काठमाडौं यहाँ जारी आठौं मेयर भोजपुर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार सम्पन्न पहिलो सेमिफाइनलमा एपिएफले जर्जियन फुटबल क्लब, भारतलाई १–० ले हराउँदै उपाधि नजिक पुगेको हो । भोजपुर रंगशालामा भएको खेलमा एपिएफका लागि समिराज थोकरले एक मात्र निर्णायक गोल गरे ।
निर्णायक गोलकर्ता एपिएफका समिराज थोकर नै खेलको म्यान अफ दि म्याच चुनिए । प्रतियोगिता अन्तर्गत बैशाख १९ गते शुक्रबारको दोस्रो सेमिफाइनल खेल खोटाङ भगवती क्लब, खोटाङ र साविक विजेता चर्च ब्वाईज युनाइटेड, ललितपुरबीच हुने आयोजकले जानकारी दियो ।
भोजपुर जिल्ला फुटबल संघको आयोजना तथा भोजपुर नगरपालिकाको विशेष सहयोगमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपवजेताले ३ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही बैशाख २० गतेका दिन हुनेछ ।
- आठौं मेयर कप महिला फुटबलमा फेयर र लेटाङको जित
- भोजपुरलाई नवौं मेयर भोजपुर गोल्डकपको उपाधि
- ९ औँ मेयर भोजपुर गोल्डकपको उपाधि समीकरण पुरा, उपाधिका लागि सातदोबाटो र आयोजक भोजपुर भिड्ने पक्का
- साबिक विजेता एपीएफलाई हराउँदै आयोजक भोजपुर ९औँ मेयर भोजपुर गोल्डकपको उपाधि नजिक
- गोलरक्षक मनिष माझी नायक बन्दा प्लानिङ बोइज ९औं मेयर भोजपुर गोल्ड कपको अन्तिम चारमा