बाहुनडाँगी (झापा) । धाइजन चारआली एफसी यहाँ जारी विद्या विकास एकाडेमी प्रथम बाहुनडाँगी च्यालेञ्ज कप २०८२ को फाइनलमा प्रवेश गरेको छ ।
स्थानीय सरस्वती माविको खेलमैदानमा आज भएको अन्तिम सेमिफाइनल खेलमा आयोजक बाहुनडाँगी युवा क्लबलाई २-० गोलअन्तरले पराजित गर्दै धाइजन चारआली उपाधि नजिक पुगेको हो ।
घरेलु समर्थकको समर्थन भए पनि आयोजकको घरेलु मैदानमै पराजित गरेर धाइजन चारआलीले शनिबार हुने फाइनल खेलमा इलामको रेडहर्ष एफसीसँग भेट पक्का गरेको छ ।
धाइजन चारआलीका लागि आर्यन राई र आशिष चापागाईले गोल गरेका हुन् । खेलको प्लेयर अफ दी म्याच आशिष चापागाई घोषित भए । उनलाई झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामालगायतले नगद २ हजार र ट्रफी प्रदान गरे ।
विद्या विकास एकाडेमी मुख्य प्रायोजक रहेको प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार र ट्रफी पाउने छ । बाहुनडाँगी युवा क्लबको आयोजनामा भएको प्रतियोगिताको उपविजेताले नगद ६१ हजार पाउने छ ।
- बिर्तामोड च्यालेञ्ज कपमा उर्लाबारीको विजयी सुरुवात
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक