News विशेष अभ्यासका लागि मनाङ पुग्यो टिम नेपाल
गोलनेपाल

काठमाडौं । दुई अन्तर्राष्ट्रिय फुटबल म्याच खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोली विशेष अभ्यासका लागि मनाङ जिल्ला पुगेको छ । मुख्य प्रशिक्षक म्याट रोसले खेलाडीहरुको स्टामिना र क्षमता अभिवृद्धिका लागि फरक प्रयोग गर्ने उद्देश्यका साथ हाई अल्टिच्युड अभ्यासका लागि टिम नेपाल मनाङ पुगेको हो ।

नेपाली टोलीले मनाङमा करिब एक साता लामो अभ्यास गर्ने बताइएको छ । हाल राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा ३० खेलाडीहरु सामेल छन् । त्यसमध्येबाट छिटै फाइनल स्क्वाड घोषणा गरिने पनि निकट स्रोतले जनाएको छ ।

स्मरण रहोस, नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आउँदो जुन ५ तारीखका दिन हङ्गकङ्गसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण म्याच खेल्नेछ भने जुन १० तारीखका दिन एएफसी एसियन कप छनौटतर्फको खेलमा लाओससँग अवे म्याच खेल्ने कार्यक्रम छ ।

Post Comments