
हेटौडा उपमहानगरपालिकाको मुख्य प्रायोजन र मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा आजबाट मकवानपुरमा सुरु भएको महिला गोल्डकपमा चितवन जिल्ला फुटबल संघ सेमिफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको प्रतियोगिता अन्तर्गतको उद्घाटन खेलमा आयोजक मकवानपुरलाई पेनाल्टि सुटआउटमा ५–४ गोल अन्तरले पराजित गरेको हो । आयोजक मकवानपुर जिल्ला फुटबल संघ र चितवन बिचको खेलको निर्धारित समयमा १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टि सुटआउटबाट भएको थियो । समय आवभका कारण कुल ६० मिनेटको खेल खालाइएकोमा खेलको दोस्रो हाफमा चितवनका तर्फबाट पहिलो गोल भएको थियो । खेलको ३१ औं मिनेटमा चितवनका तर्फबाट जर्सि नम्बर १० की अनिता गुरुङले गोल गरेकी थिइन् । कर्नर मार्फत् आएको बललाई गुरुङले गोलमा परिणत गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् । खेल अवधि भर पछि परेको मकवानपुरले ईन्जुरी समयमा गोल गर्दै खेलमा फर्किएको थियो । मकवानपुरका लागि जर्सि नम्बर ९ की टिम क्याप्टेन सजिना स्याङतान थपिएको ३ मिनेटको अन्तिम समयमा गोल गर्दै टिमलाई बराबरीमा पुर्याएको थिइन् ।
खेल बराबरीमा सकिएपछि पेनाल्टि सुटआउटमा चितवनले मकवानपुरलाई ५–४ ले पराजित गरेको हो । खेलको प्लेयर अफ दि म्याच चितवनकी अनिता गुरुङ घोषित भइन् । उनले नगद १० हजार रुपैयाँ तथा ट्रफि प्राप्त गरिन् ।
प्रतियोगिता अन्तर्गत शनिबार नवजनजागृति क्लब सिमरा बारा र संकटा क्लब काठमाडौं बिच हुनेछ । खेल दिउँसो ४ बजे हुने आयोजक मकवानपुर जिल्ला फुटबल संघले जनाएको छ । प्रतियोगिता बैशाख २५ गतेसम्म संचालन हुनेछ भने प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ सहित शिल्ड मेडल प्रमाण पत्र पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्नेछन भने विधागत खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।
- मकवानपुर महिला गोल्डकपको तयारी पूरा, सर्वोत्कृष्ट खेलाडीले स्कुटर पाउने
- दिव्य स्पोर्टस एकेडेमीलाई नागस्वती युथ कपको उपाधि
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै