News
आयोजक विश्व शान्ति फाइनलमा, उपाधिका लागि तिलोत्तमा भेट्रान्ससँग भिड्ने

सालझण्डी । रोमाञ्चक जितका साथ आयोजक विश्व शान्ति भेट्रान्स घरेलु मैदानमा जारी प्रथम विश्व शान्ति भेट्रान्स कपको फाइनलमा प्रवेश गरेको ।
सालझण्डी स्थित पशुपति माविको खेलमैदानमा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा विश्व शान्तिले गुड मर्निङ्ग भेट्रान्सलाई २–१ ले हराउँदै उपाधि नजिक पुगेको हो ।
खेलमा विश्व शान्तिका दिनेश कार्की म्यान अफ दि म्याच घोषित भए । विश्व शान्तिमले अब बैशाख २० गते शनिबार हुने फाइनलमा तिलोत्तमा भेट्रान्ससँग उपाधिका लागि भिड्नेछ ।
विश्व शान्ति युवा क्लब, सैनामैना–१०, सालझण्डीको आयोजना तथा सैनामैना नगरपालिका वार्ड नम्बर १० को कार्यालय संरक्षक रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१ हजार हात पार्नेछ भने उपविजेताले २५,५०० प्राप्त गर्नेछ ।
Post Comments