
सुनवल । नवलपरासी जिल्लाको सुनवल नगरपालिमा शुरु भएको आठौं सुनवल मेयर कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगितामा वार्ड नम्बर १२ ले विजयी शुरुवात गरेको छ ।
उद्घाटन खेलमा वार्ड नम्बर १२ ले घरेलु टोली वार्ड नम्बर ७ (ए) लाई टाईब्रेकरमा हराउँदै विजयी शुरुवात गर्न सफल भएको हो । निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएपछि टाईब्रेकरमा वार्ड नम्बर १२ ले ३–१ ले नतिजा आफ्नो पक्षमा पार्यो ।
खेलमा वार्ड नम्बर १२ कै सुदिप बिक म्यान अफ दि म्याच घोषित भए । यो जितसँगै वार्ड नम्बर १२ क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत बैशाख २३ गते मंगलबारको खेल वार्ड नम्बर १ र ८ बीच हुने आयोजकले जानकारी दियो ।
त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमकी प्रमुख अतिथी सुनवल नगरपालिकाकी नगर प्रमुख बिमला अर्यालले गरेकी थिईन् । आउँदो जेठ ४ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ९० हजार प्राप्त गर्नेछ ।