News प्लानिङ ब्वाईज र श्री भगवतीको बराबरी
गोलनेपाल

काठमाडौं । शहिद स्मारक बी डिभिजन लिगतर्फ शिर्ष स्थानको टोली प्लानिङ ब्वाईज युनाइटेड बराबरीमा रोकिन पुगेको छ । बिहीबार सम्पन्न दोस्रो खेलमा प्लानिङ ब्वाईजले दोस्रो स्थानको टोली श्री भगवती क्लबसँग १–१ को बराबरीमा रोकिन पुगेको हो ।

एन्फा कम्प्लेक्समा भएको खेलमा प्लानिङ ब्वाईजका लागि फागुराम थारुले गोल गरे भने श्री भगवतीका लागि उज्ज्वल राईले गोल गरेका थिए । यो नतिजापछि १० खेलबाट २४ अंक जोडेको प्लानिङ ब्वाईज शिर्ष स्थानमा यथावत रहँदा २२ अंकका साथ श्री भगवती दोस्रो स्थानमा छ ।

Post Comments