१२ औं रारा गोल्डकप फुटबल प्रतियोगितामा चर्च ब्वाइज क्लब ललितपुरले बागमती युवा क्लब सर्लाहीलाई पेनाल्टी सुटआउटमा ३–१ ले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
राजरानीस्थित पुण्य माध्यमिक विद्यालयको खेलमैदानमा आज भएको प्रतिस्पर्धात्मक खेलको निर्धारित समयसम्म दुबै टोलीले गोलरहित बराबरी खेलेका थिए। निर्धारित समयमा बागमतीले आधा दर्जन गोल गर्ने सुवर्ण अवसर पाएपनि ती अवसरलाई सदुपयोग गर्न नसक्दा खेल पेनाल्टीमा गएको हो।
पेनाल्टी सुटआउटमा चर्च ब्वाइजले उत्कृष्ट प्रदर्शन गर्दै बागमती युवा क्लबलाई ३–१ ले पाखा लगायो।
खेलमा चर्च ब्वाइजका गोलकिपर विवस चौधरी ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनले पेनाल्टी सुटआउटमा महत्त्वपूर्ण बचाउ गर्दै टिमलाई जित दिलाउन निर्णायक भूमिका खेले।
प्रतियोगिताअन्तर्गत भोलिको पहिलो सेमिफाइनल खेल बिर्तामोड युनाइटेड र गोल्डेन स्टार भालुवा बीच हुने आयोजकले जनाएको छ।प्रतियोगिताको बिजेताले ७ लाख प्राप्त गर्नेछ भने उप बिजेताले ३ लाख प्राप्त गर्नेछ ।
- छथर जोरपाटी गाउँपालिकामा दोस्रो पालिकास्तरीय अध्यक्ष कप हुँदै
- बेलबारीलाई १८औँ शहिद भीमनारायण स्मृति गोल्डकपको उपाधि
- सोलोमनको ह्याट्रिकसँगै बेलबारी एफसी भीम नारायण गोल्डकपको फाइनलमा
- आयोजक धनकुटा १८औँ भीमनारायण गोल्डकपको उपाधि नजिक
- बाबा टुन्डेको निर्णायक गोलमा बेलबारी १८औँ सहिद भीमनारायण गोल्डकपको सेमिफाइनलमा