News मानेभञ्ज्याङ स्पोर्ट्स क्लबलाई मेयर कपको उपाधि
गोलनेपाल

ओखलढुङ्गा । सिद्धिचरण नगरपालिकाको आयोजनामा सम्पन्न ‘मेयर कप प्रथम खुल्ला पुरुष फुटबल प्रतियोगिता–२०८२’ को उपाधि मानेभञ्ज्याङ स्पोर्ट्स क्लबले जित्न सफल भएको छ।

शनिबार सम्पन्न फाइनल खेलमा मानेभञ्ज्याङले अँधेरी नारायणस्थान फुटबल क्लबलाई १–० गोलले पराजित गर्दै च्याम्पियनको उपाधि हात पारेको हो।

प्रतिस्पर्धात्मक बनेको खेलमा निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न सकेनन्। अतिरिक्त समयको अन्तिम दुई मिनेटमा मानेभञ्ज्याङका खेलाडी मनकृष्ण राईले निर्णायक गोल गर्दै टोलीलाई उपाधि दिलाए।

फाइनल खेल सिद्धिचरण नगरपालिका–१२ स्थित खेलमैदानमा हजारौँ दर्शकको उत्साहजनक उपस्थितिमा सम्पन्न भयो। विजेता मानेभञ्ज्याङ स्पोर्ट्स क्लबलाई ट्रफी, मेडल, र नगद पुरस्कार प्रदान गरिएको छ।

बैशाख ३० देखि जेठ ३ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा विभिन्न जिल्लाबाट सहभागी १० टिमले प्रतिस्पर्धा गरेका थिए।

Post Comments