उमरजन, बारा। करैयामाई गा.पा को आयोजनामा सञ्चालन भइरहेको तेस्रो करैयामाई गोल्डकप फुट्बल प्रतियोगिता २०८३ को आज प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल सम्पन्न भएको छ। उक्त खेलमा बकुलिया युवा क्लबले हेटौंडा फुटबल एकेडेमी लाई सोझै ३-० को गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाईनलमा आफ्नो स्थान तय गर्न सफल बनेको हो।
पहिलो हाफको खेल निकै रोचक बन्दै थियो र सोहिक्रममा खलको निर्धारित ११ औं मिनेटको समयमा बकुलिया युवा क्लबको र्फबाट टिम कप्तान चतुर्धन चौधरीले उत्कृष्ट फिनिसिङ्ग सहित जाली छुमाउदै टोलि लाई पहिलो अग्रता दिलाएको थियो र खेल प्रतिस्पर्धात्मक बन्दै जाँदा पुनः बकुलियाकै लागि सञ्जय चौधरीले गोल गरेर दोब्बर अग्रता दिलाउदै पहिलो हाफ २-० गोलको स्थितिमा समाप्त भएको थियो।
त्यसैगरी दोस्रो हाफ पनि हेटौंडा फुटबल एकेडेमी को लागि अझ प्रतिस्पर्धात्मक बन्दै थियो र सोहिक्रममा बकुलिया युवा क्लब कै लागि खेलको ६२ औंमिनेटको समयमा सैफुल्ला मियाले तेस्रो गोल थपेर सानदार जित निकाल्दै प्रतियोगिताको फाइनलमा प्रवेश गर्न सफल भएको हो।
निर्धारित समयसम्म उत्कृष्ट प्रदर्शनी गर्दै एक गोल समेत गरेका बकुलिया युवा क्लबका टिम कप्तान चतुर्धन चौधरी 'म्यान अफ दि म्याच' घोषित हुदै नगद रु. एक हजार सहित ट्रफि प्राप्त गरे।
प्रतियोगिताको विजेताले नगद रु. सत्तरी हजार र उपविजेताले नगद रु.पैँतीस हजार सहित ट्रफि, मेडल र प्रमाण-पत्र प्राप्त गर्नेछन् भने विभिन्न विधागत पुरस्कारको पनि व्यवस्था रहेको छ।
- बकुलिया युवा क्लबलाई तेस्रो करैयामाई गोल्डकपको उपाधि
- महिला मैत्रीपूर्ण खेलमा रौतहट जिल्ला फुटबल संघको सानदार जित
- बकुलिया युवा क्लब र नव जन जाग्रिति युवा क्लब तेस्रो करैयामाई गोल्डकपको फाइनलमा भिड्ने
- नव जन जागृति युवा क्लब तेस्रो करैयामाई गोल्डकपको पहिलो फाइनलिस्ट
- हेटौँडा फुटबल एकेडेमी, मकवानपुर तेस्रो करैयामाई गोल्डकपको सेमिफाइनलमा