Province 3 भरतपुर–१८ फाइनलमा प्रवेश
गोलनेपाल

मेघौली। प्रथम सदाबहार मेघौली गोल्डकपको पहिलो सेमिफाइनलमा गोल्डेन एमिनेन्ट सूर्यपुर एफसीलाई ४–३ गोल अन्तरले पराजित गर्दै भरतपुर–१८ खेलकुद विकास समन्वय समिति फाइनलमा प्रवेश गरेको छ।

प्रतिस्पर्धात्मक खेलमा सूर्यपुर एफसीका गणेश हमालले दुई तथा सलिल ढकालले एक गोल गरे। भरतपुर–१८ का लागि विनोद तामाङ, बिक्की चाम्लिङ राई, जेबिन लामिछाने र रोजल दाहालले गोल गरे। खेलको उत्कृष्ट खेलाडी भरतपुर–१८ का रोजल दाहाल घोषित भए।

गोल्डकपको विजेताले नगद रु. २,०२,२२२ र उपविजेताले रु. १,०१,१११ प्राप्त गर्नेछन्। 

 

Post Comments