हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
बिक्रम बानियाँ क्षेत्री

हेटौंडा । "राष्ट्रिय खेलाडी बन्ने होड, उत्पादनमा जोड" भन्ने मूल नाराका साथ हेटौंडामा यु १४ नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

नागस्वती फुटबल एकेडेमीको आयोजनामा आगामी बैशाख ८ गतेबाट प्रतियोगिता हुने एकेडेमीका सञ्चालक नैतिक थापाले बताए । बैशाख ६ गते भित्रमा आफ्नो टिम दर्ता गर्न आग्रह गर्दै सञ्चालक थापाले भने, टिम दर्तामा तीन हजार लाग्नेछ ।

Post Comments