Province 4 आयोजक सूर्य ताराको विजयी शुरूवात
उमेश पुन

पोखरा । दोस्रो सूर्य तारा खेलकुद महोत्सव आज देखी पोखरा -२९ लेखनाथको रंगशालामा शुरू भएको छ । सूर्य तारा युवा क्लबको आयोजनामा आज देखी शुरू भएको महोत्सव अन्तर्गत फुटबल प्रतियोगिता प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले रेफ्रीलाई बल हस्तान्तरण गरी प्रतियोगिताको शुरूवात गरेका थिए ।

आज भएको उद्धाटन खेलमा सूर्य तारा क्लबले कृष्ण दल गण फुलबारी लाई २-० ले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको छ । आयोजक सूर्य तारा क्लबको तर्फ बाट बिनम गुरूङ र नकुल तामाङले क्रमस खेलको ३ र ६ मिनेटमा गोल गरेका थिए ।

प्रतियोगितामा बिजेता हुने टिमले नगद ४ लाख ४ हजार ४४४ का साथ ट्रफी, मेडल तथा प्रमाणत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद २ लाख २ हजार २२२ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

क्लबका अध्यक्ष एवं कार्यक्रम संयोजक विष्णु पुनका अनुसार प्रतियोगितामा खुल्ला सामुहिक लोक नृत्य प्रतियोगिता, खुल्ला महिला स्लो स्कुटर रेस, राष्ट्रिय महिला डोरीतान प्रतियोगिता, खुल्ला टेबल टेनिस प्रतियोगिता र एथलेटिक्सका प्रतिस्पर्धा हुने छ त्यस्तै विभिन्न जातिय संघ/संस्थास्तरीय झाँकी प्रदर्शनी प्रतियोगिता समेत समावेश गरिएको छ ।

प्रतियोगिता अन्तर्गत हुने हरेक प्रतिस्पर्धाहरुमा आकर्षक नगद पुरस्कारका साथमा ट्रफी र मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

Post Comments