काठमाडौं (एजेन्सी) । उपाधिको दावेदार तथा विश्व विजेता समेत रहेको स्पेन जारी युइएफए महिला युरो च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गर्ने तेस्रो टोली बनेको छ ।
स्वीस शहर बेर्नमा सम्पन्न तेस्रो क्वाटरफाइनलमा स्पेनले आयोजक स्वीजरल्याण्डलाई २–० ले हराउँदै सेमिफाइनलमा प्रवेश गर्ने तेस्रो टोली बनेको हो । खेलमा स्पेनका लागि दुवै गोल दोस्रो हाफमा सम्भव भयो ।
खेलको ६६औं मिनटमा एथेना डेल क्यास्चिलोले स्पेनिस टोलीका लागि पहिलो गोल गरिन् । दोस्रो गोल गर्न भने धेरै समय पर्खनु परेन । खेलको ७१औं मिनटमा क्लाउडिया पिनाले दोस्रो गोल गर्दै टोलीको जित पक्का गरिन् ।
स्पेनले अब शनिबार अबेर राती हुने फ्रान्स र जर्मनी बीचको चौथो क्वाटरफाइनलको विजेतासँग २३ जुलाईका दिन दोस्रो सेमिफाइनल खेल्नेछ । त्यस्तै २२ जुलाईका दिन हुने पहिलो सेमिफाइनलमा भने इङल्याण्ड र इटाली भिड्ने तय भईसकेको छ ।
- एन्फा महासचिव किरण राई र अध्यक्ष पंकज नेम्वाङलाई मेक्सिको जान रोक, राईले जनाए आपत्ति
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)