काठमाडौं (एजेन्सी) । दक्षिण अमेरिकी राष्ट्र चिलीमा जारी फिफा यु–२० विश्वकपतर्फ पहिलो चरणको अन्तिम चार खेलहरुमा दावेदार फ्रान्ससँगै अमेरिका, नर्वे र कोलम्बियाले जित हात पारेका छन् ।
समूह ई तर्फको पहिलो खेलमा फ्रान्सले दक्षिण अफ्रिकामाथि २–१ को प्रतिस्पर्धात्मक जित निकाल्दा सोही समूहको अर्को खेलमा अमेरिकाले न्यु केलीडोनियामाथि ९–१ को एकतर्फी जित हात पार्यो ।
त्यस्तै समूह एफतर्फ नर्वेले नाइजेरियालाई १–० ले पराजित गर्दा सोही समूहको अर्को खेलमा कोलम्बियाले एसियाली राष्ट्र साउदी अरेबियालाई समान १–० ले हराउँदै प्रतियोगितामा विजयी शुरुवात गर्यो ।
प्रतियोगितामा सहभागि कुल २४ टोलीहरुलाई ६ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष दुई टोली र उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने चार टोलीहरु नकआउट चरणमा प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल १९ अक्टुबरका दिन चिलीको राजधानी सान्टियागोमा हुनेछ ।
- एन्फा महासचिव किरण राई र अध्यक्ष पंकज नेम्वाङलाई मेक्सिको जान रोक, राईले जनाए आपत्ति
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)