काठमाडौं (एजेन्सी) । इङल्याण्डको शिर्ष फुटबल लिग इङलिस प्रिमियर लिगमा प्रतिस्पर्धा गरिरहेको लेस्टर सिटीका रक्षात्मक मिडफिल्डर हम्जा चौधरी अन्ततः इङल्याण्डको शिर्ष फुटबल खेल्ने पहिलो बंगलादेशी खेलाडी बनेका छन् ।
बंगलादेशी मूलका चौधरीले इङल्याण्ड मै जन्मिएर इङलिस फुटबल मै आफ्नो करियरको शुरुवात गरेका थिए । सन् २०१५ मा लेस्टर सिटीमा आवद्ध भए यता उनी क्लबको नियमित सदस्यका रुपमा रहँदै आएका छन् ।
२६ वर्षिय चौधरीले इङल्याण्डको युथ–२१ टोलीबाट समेत खेलिसकेका छन् । यद्यपि उनले इङल्याण्डको सिनियर टोलीमा भने स्थान बनाउन सकेनन् । पछिल्लो केही वर्ष यता उनले बंगलादेशका लागि खेल्ने चर्चा पनि चलेको थियो ।
उनले विश्वकप छनौटतर्फ बंगलादेशका लागि खेल्ने चर्चा पनि थियो । तर, यसबारे विभिन्न कागजी प्रक्रिया नपुग्दा आधिकारिक रुपमा जानकारी गराइएको थिएन । तर अहिले आएर यही अगस्त २३ तारीखका दिन चौधरीले बंगलादेशी पासपोर्ट हासिल गरेका छन् ।
यस अर्थमा उनी आधिकारिक रुपमै बंगलादेशी नागरिक समेत बनेका छन् । योसँगै उनको बंगलादेशका लागि खेल्ने बाटो पनि खुलेको छ । सम्वत् उनले आउने दिनमा बंगलादेशका लागि खेल्ने लगभग निश्चित पनि छ ।