News
सुनसरीमा यु–२० महिला खेलाडी छनौट शुरु

धरान । दक्षिण एसियाली फुटबल संघ (साफ)को कार्यक्रम अनुसार मित्र राष्ट्र बाङ्गलादेशमा आयोजना हुने साफ यु–२० महिला च्याम्पियनसिपका लागि नेपाली यु–२० महिला फुटबल टोली तयार पार्ने जिल्लास्तरीय छनौट कार्यक्रम अनुसार सुनसरीमा खेलाडी छनौट कार्यक्रम शुरु भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा जानकारी प्राप्त भए अनुसार सुनसरी जिल्लाको एन्फा एकेडेमी धरानमा छनौट कार्यक्रम शुरु भएको हो । कोशी प्रदेश फुटबल संघका अध्यक्ष श्री किसोर राईले एक कार्यक्रमका बीच प्रशिक्षकद्वय मिन बस्नेत र किरन कार्कीलाई बल हस्तान्तरण गर्दै खेलाडी छनौट कार्यक्रमको शुरुवात गरे ।
स्मरण रहोस, आउँदो जुलाई ११ देखि २१ तारीखसम्म बंगलादेशको ढाकामा साफ यु–२० महिला च्याम्पियनसिप हुने तय भईसकेको छ । प्रतियोगितामा दक्षिण एसियाका सातै टोलीहरुले सहभागिता जनाउने सम्भावना पनि छ ।
Post Comments
Related News
- भरतपुर मेयर कप : दोस्रो चरणको चार खेल सम्पन्न
- नेपाली राष्ट्रिय महिला फुटबल टोलीको फाइनल स्क्वाड घोषणा
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- खेलाडी संघको पहलमा युवा खेलाडी सन्देशको निःशुल्क शल्यक्रिया सम्पन्न
- धरान एन्फा एकेडेमीलाई खेल सामाग्री हस्तान्तरण