
हेटौंडा । हेटौंडा उपमहानगरपालिका नगर खेलकुद बिकास समितिको आयोजनामा जारी पाँचौ हेटौडा मेयर कप फुटबल प्रतियोगिताको तेस्रो दिनको पहिलो खेलमा वडा न १ बिजयी भएको छ भने दोस्रो खेलको निर्णय बुधबार हुने भएको छ ।
मङलबार भएको पहिलो खेलमा वडा न १ ले वडा न १४ लाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गरेको छ । निर्धारित समय दुबै टोलीबाट २–२ गोलको बराबरीमा भएपछी खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिईएको थियो जसमा १ नं बिजयी भएको हो । खेलमा उत्कृष्ट प्रदर्शन गरेका वडा नं १ का बिश्व लामा खेलको म्यान अफ द म्याच भए त्यस बापतमा नगद दुई हजारसहित ट्रफि प्राप्त गरे ।
त्यसैगरी मङलबार नै भएको दोस्रो खेलमा वडा न १० र वडा नं १९ बिचको शुन्य शुन्यको बराबरीमा चलिरहेको अवश्थामा खेलको ५९ औ मिनेटमा डिबक्स भित्र १९ नं वडाको जर्सी नं १२ का खेलाडी प्रशान्त घलानको ह्यान्ड वल भन्दै रेफ्री सन्तोष राईले पेनाल्टी दिएपछी १९ नं वडाका खेलाडी र अफिसियलहरुले उक्त निर्णय नमान्ने भन्दै मैदान छाडेका थिए हालसम्म उक्त खेलको निर्णय नभएको र उक्त खेलको निर्णय भोली गरिने आयोजक कमिटिका सदस्य सुनिल लोप्चनले जानकारी दिए ।
हेटौंडा नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ५० हजार हातपार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही जेठ १३ गतेका दिन हुनेछ ।