News
महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न
काठमाडौ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा यही मिति २०८२ साल श्रावण २७ गतेदेखि सुरु हुन लागेको एन्फा महिला लिग छनौट प्रतियोगितामा सहभागी हुने क्लबहरूका लागि एकदिने सामाजिक सञ्जाल र फिफा कनेक्ट सम्बन्धी कार्यशाला सम्पन्न गरिएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न भएको कार्यशालाको उद्देश्य सहभागी क्लबहरूलाई सामाजिक सञ्जालको प्रभावकारी उपयोगका माध्यमबाट महिला फुटबलको प्रचारप्रसार बढाउनुका साथै खेलाडी तथा क्लबहरूको विवरण व्यवस्थापनमा फिफा कनेक्ट प्रणालीको सही र प्रभावकारी प्रयोगमा सक्षम बनाउनु रहेको थियो ।
Post Comments
Related News
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान