काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुने देश कै प्रतिष्ठित र पूरानो स्पोर्टस अवार्ड एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड–२०८२ तर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा राना परेकी छिन् ।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी महत्वपूर्ण सदस्य र अनुभवी डिफेन्डरका रुपमा परिचित पूजा नेपाल पुलिस क्लबकी नियमित खेलाडी समेत हुन् । हाल उनी भुटानको शिर्ष महिला लिगमा थिम्पु सिटी एफसीका लागि खेलिरहेकी छिन् ।
मञ्चले आइतबार सार्वजनिक गरेको पिपुल्स च्वाइस अवार्डको मनोनयनतर्फ फुटबलकी पूजाबाहेक एमएमएका रबिन्द्र ढाँट, क्रिकेटका शेर मल्ल, करातेकी सानु माया थिङ र भलिबलकी मिना सुनार पनि रहेका छन् ।
मनोनयनमा परेका खेलाडीहरुलाई खल्ती एपमार्फत भोट गर्न पनि सकिनेछ । आयोजकका अनुसार खेलाडीहरुलाई खल्ती एपमार्फत आएको भोट, अवार्डको आधिकारिक फेसबुक पेजमा सम्बन्धित खेलाडीको फोटोमा प्राप्त लाईक, खेलपत्रकारहरु र प्रशिक्षकहरुको अंक समेत गणना गरी विजेता घोषणा गरिनेछ ।
अवार्डको आधिकारिक पेजको लिंक हेर्नुहोसः
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा