News
नगेन्द्रको ह्याट्रिकसँगै झापा भेट्रानलाई उपाधि

मोरङ । तेस्रो प्रदेशस्तरीय खुला नकआउट भेट्रान फुटबल प्रतियोगिताको उपाधि झापा भेट्रान, झापाले जितेको छ । फाइनलमा बिराट भेट्रान, मोरङलाई ६–१ को फराकिलो अन्तरले हराउँदै झापाले उपाधि चुम्न सफल भएको हो ।
बिराटचोक स्थित स्थानीय खेलमैदानमा भएको फाइनल भिडन्तमा झापाका लागि नगेन्द्र मणि लिम्बुले तीन गोल गर्दै ह्याट्रिक गरे । त्यस्तै मित्र बस्नेत, रबिन गुरुङ र प्रवेश कटुवालले एक–एक गोल गरे । उता पराजित बिराट भेट्रानका लागि प्रकाश थापाले एक मात्र सान्त्वना गोल फर्काए ।
विजेता बनेको झापाले उपाधिसहित नगद ५१,१११ रुपौँ हात पार्यो । विजयी खेलाडीहरुलाई सुन्दर हरैचा नगरपालिका, मोरङका मेयर शिव प्रसाद ढकाल लगायत अन्य अतिथीहरुले पुरस्कृत गरेका थिए ।
Post Comments
Related News