News
न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
दोहा, कतार । नाईन स्टार फुटबल क्लब, दोहा, कतारको आयोजनामा जारी आठौं नाईन स्टार दशैं कप फुटबल प्रतियोगिता अन्तर्गत न्यु स्टार एफसी, पेट्रो एफसी, सिएफसी र युनिपार्ट एफसी सेमिफाइनलमा प्रवेश गरेका छन् ।
क्वाटरफाइनलतर्फ न्यु स्टारले आयोजक नाइन स्टार एफसी (निलो) लाई १–० ले हरायो । अर्को क्वाटरफाइनलमा पेट्रोले एबी एफसीमाथि ६–१ को फराकिलो जित दर्ता गर्यो । त्यस्तै सिएफसीले नाईन स्टार (सेतो) लाई ३–० ले हराउँदा युनिपार्टले सगरमाथा एफसीमाथि ५–० को जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गर्यो ।
अब सेमिफाइनलतर्फको चारै खेलहरु आउँदो अक्टोबर २३ तारीखका दिन हुने खेल संयोजक प्रबिन राईले जानकारी दिए ।
अक्टोबर ३० तारीखका दिनसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३३३३ कतारी रियाल हात पार्नेछ भने उपविजेताले १८१८ कतारी रियाल प्राप्त गर्नेछ ।
Post Comments
Related News
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने
- रेखाको टोलीलाई कम्बोडियन महिला लिगको उपाधि